एमाले अध्यक्ष संघीय गणतन्त्रको दुश्मन रहेको सहरी विकासमन्त्रीको ठोकुवा
सहरी विकास मन्त्री तथा नेकपा एकीकृत समाजवादीका पोलिट्ब्यूरो सदस्य मेटमणि चौधरीले एमाले अध्यक्ष केपी शर्मा ओलीमाथि गम्भीर आरोप लगाउनु भएको छ । उहाँले अध्यक्ष ओली संघीय गणतन्त्र नेपालको निम्ति दुश्मन हुनुभएको उहाँको ठहर छ ।
पार्टीको दमक नगर कमिटीले आयोजना गरेको पत्रकार सम्मेलनमा बोल्दै उहाँले संघीय लोकतान्त्रिक गणतन्त्र, संसदीय व्यवस्था र जनआन्दोलनका उपलब्धिहरुको रक्षा गर्न गठबन्धन बनाउनु परेको दाबी गर्नुभयो ।
निर्वाचनपछि पनि गठबन्धन कायम रहने बताउँदै मन्त्री चौधरीले ओली नेतृत्वको एमालेले चुनाव जिते नेपालको संसदीय व्यवस्था र लोकतन्त्र दुबै धरापमा पर्ने उहाँले उल्लेख गर्नुभयो ।
उहाँको भनाइ छ, ‘दुई तिहाइ नजिकको बहुमतलाई ओलीले दुरुपयोग गरेर लोकतन्त्र मास्न खोजेकाले आफूहरुले विद्रोह गर्नु पर्यो ।’
टिप्पणीहरू