अछामीहरुले आजै खीर खाने
अछामबाट आएर काठमाडौंमा बसेकाहरुले आजै खीर खाने बताएका छन् । साउन १५ गते नेपाली परम्परामा खीर खाने चलन छ । तर, काठमाडौंमा रहेका अछामीहरुले आजै सामूहिक खीर खाने कार्यक्रम राखेका हुन् ।
नौखुवा प्रतिष्ठान नेपालको आयोजनामा आज दिउँसो १ बजे चाबहिलमा खीर खाने कार्यक्रम राखिएको हो । अछामी लवजमा लेखिएको निम्तोमा उनीहरुले रचना सुन्ने, सुनाउने र खीर खाने कार्यक्रम भएको बताएका छन् ।
अछामी लवजमा निम्तोलाई निउत्या, भेटघाटलाई भिटघाट, खानेलाई खान्या, सुनाउनेलाई सुनाउन्या, रहेकालाई रह्याका उल्लेख गरेर निम्तो पठाइएको छ ।
टिप्पणीहरू