महङ्गो टिकेटमा नेताहरु आएको आयै,गएको गयै

महङ्गो टिकेटमा नेताहरु आएको आयै,गएको गयै

बर्खा यामका कारण राजनीतिक दलका नेता, मन्त्री तथा सरकारी पदाधिकारीले सडक मार्ग रोज्न छाडेका छन् । साउन लागेपछि उनीहरुले राजधानी बाहिरको आउजाउमा हवाई उडान बाक्लैसङ्ग रोजेको पाइएको छ ।

हिजो र अस्तिझैँ आज पनि नेताहरु बिहानैदेखि राजधानी आउने र जाने क्रम उस्तै छ । सोहीक्रममा बिहान सबेरै पूर्व गृहमन्त्री तथा नेपाली काँग्रेसका नेता कृष्णप्रसाद सिटौला भद्रपुरबाट राजधानी आउनुभयो । उहाँ बुद्ध एअरको उडानमा सवा ७ बजे आइपुग्नुभएको हो ।

भद्रपुरबाटै हिजो राति १० बजे पूर्वमहान्यायाधिवक्ता अग्नि खरेल पनि बुद्ध एअरमा काठमाडौं आउनुभएको थियो । त्यसअघि राति ९ बजे पूर्वमन्त्री तथा माओवादी नेता मातृका यादव श्री एअरलाइन्सको उडानमा जनकपुरबाट काठमाडौं उत्रनुभएको बताइन्छ ।

आज बिहान अर्का पूर्व गृहमन्त्री पूर्णबहादुर खड्का बुद्ध एअरको उडानमा सवा ८ बजे राजधानीबाट पोखरा जानुभएको छ । एमाले सचिव तथा पूर्वमन्त्री योगेश भट्टराई बिहान ९ बजे बुद्ध एअरको उडानमा भरतपुर जानुभएको छ ।

एमालेकै उपाध्यक्ष तथा पूर्वमन्त्री विष्णु पौडेल आज बिहान सवा ९ बजे श्री एअरलाइन्सको उडानमा भैरहवाबाट काठमाडौं आइपुग्नुभएको छ ।

टिप्पणीहरू