अब अर्थ मन्त्रालयमा जनार्दनकै हक लाग्छ : वर्षमान पुन

अब अर्थ मन्त्रालयमा जनार्दनकै हक लाग्छ : वर्षमान पुन

माओवादी केन्द्रका नेता वर्षमान पुनले मन्त्री रिक्त रहेको अर्थ मन्त्रालयमा अब जनार्दन शर्माकै हक लाग्ने बताएका छन् । संसदीय छानबिन समितिले दोषी ठहर र किटान गर्न नसकेकाले उनको पहिलो हक कायम हुने पुनको भनाइ छ ।

तत्कालीन अर्थमन्त्री शर्माले गत जेठमा आर्थिक वर्ष २०७९–८० को बजेट भाषण गर्नुअघि र अघिल्लो दिन असम्बन्धित व्यक्तिलाई बोलाएर करका दर हेरफेर गरेको र त्यसको प्रमाण नष्ट गर्न सिसिटिभि फुटेज मेटाएको आरोप लागेपछि असार २२ गते संसदीय विशेष समिति गठन भएको थियो । सोही समितिले हिजो बुझाएको प्रतिवेदनमा शर्मालाई चोख्याइएपछि सम्भवतः भोलि आइतबार उनी पुनः अर्थ मन्त्रालयको नेतृत्व सम्हाल्न जाने सम्भावना बढेको हो ।

यसअघि शर्मालाई उक्त आरोप लाग्दा माओवादीभित्रैका मन्त्री र महासचिवका आकांक्षीहरु दङ्ग परेको बताइएको थियो ।

मन्त्रालयमा शर्मा नै फर्कने भएपछि सचिव र सहसचिवहरुलाई अप्ठेरो परेको छ । गत असारमा मन्त्रीले राजीनामा दिनुअघि आयोजना गर्न लागिएको पत्रकार सम्मेलन टार्न भागाभाग गरेका सचिव र सहसचिवहरुलाई उनैलाई अर्थमन्त्री मान्न र शर्मालाई पनि उनीहरुलाई नै सचिव र सहसचिवमा राख्न नैतिक संकट देखिने अवस्था उत्पन्न भएको बताइन्छ ।

टिप्पणीहरू