आमरण अनसन बस्नेले ठाउँ सारे, शरीरमा सास छउञ्जेल अनसन नतोड्ने दृढता 

आमरण अनसन बस्नेले ठाउँ सारे, शरीरमा सास छउञ्जेल अनसन नतोड्ने दृढता 

साउन ५ गतेदेखि कोटेश्वरको महादेवस्थानमा आमरण अनसन बस्दै आएका एक जना अनसनकारी आजदेखि माइतीघर मण्डलामा सरेका छन् । काभ्रेपलाञ्चोकको मण्डन देउपुर नगरपालिका १० घर भएका अधवैंशे गंगालाल श्रेष्ठले आजदेखि अनसनस्थल फेरेका हुन् ।

१० दिनदेखि आमरण अनसन बसे पनि सरकारले नसुनेको भन्दै नौलो जनवादी पार्टीका अध्यक्षसमेत रहेका श्रेष्ठले कोटेश्वरको सट्टा माइतीघर रोजेका हुन् । उनको पार्टीले ९ बुँदे माग राखेको छ ।

आफ्नो शरीरमा एक थोपा रगत रहुञ्जेल आमरण अनसन जारी राख्ने प्रतिबद्धता व्यक्त गरेका श्रेष्ठ रिक्सामा बसेर माइतीघर आएका हुन् । अनसनकारीको रिक्सा उनका २१ वर्षे छोराले चलाएको बताइन्छ । उनको पार्टीका केन्द्रीय सचिव रमेश आचार्यलगायत ट्याक्सी चढेर माइतीघर आएका हुन् ।

यसैबीच सचिव रमेश आचार्यले श्रेष्ठको जीवन रक्षाको निम्ति राष्ट्रपतिको कार्यालय, प्रधानमन्त्रीको कार्यालय, सभामुखको सचिवालय, गृह मन्त्रालय, मानवअधिकार आयोग, काठमाडौैंको जिल्ला प्रशासन कार्यालयलाई पत्र लेखेर अनुरोध गरेका छन् ।

टिप्पणीहरू