महिला आयोगकी अध्यक्षको घर नजिकै धर्ना

महिला आयोगकी अध्यक्षको घर नजिकै धर्ना

राष्ट्रिय महिला आयोगकी अध्यक्ष कमला पराजुलीको निवास नजिकै आज साँझ धर्ना र प्रदर्शन गरिएको छ । कोटेश्वरको नरेफाँटस्थित पराजुलीको घर नजिकै पानी ट्याङ्कीको आडमा बनाइएको ज्येष्ठ नागरिक भवन निर्माणमा करोडौं भ्रष्टाचार भएको आरोपमा १०० ग्रुपका सदस्यले विरोध प्रदर्शन गरेका हुन् ।

उनीहरुले गत माघ १७ गते छ करोड एक लाखमा ज्येष्ठ नागरिक बनाइएको भनिएको भवनमा भ्रष्टाचार गरिएको आरोप लगाएका छन् । ग्रुपका बब्लुकुमार गुप्ता,विमल पन्तलगायत एक दर्जनले धर्ना र नाराबाजी गरेका थिए ।

उनीहरुले ठूलालाई चैन सानालाई ऐन,छ करोडको हिसाब खोई, नौ वर्षको ब्याज कसले तिर्ने ? भनेर लेखिएको प्लेकार्ड बोकेर नारा लगाएका हुन् ।

टिप्पणीहरू