श्रीमानहरुलाई केपी ओलीकाे आग्रह, ‘खासखुस र घाँसघुस नहोस्’

श्रीमानहरुलाई केपी ओलीकाे आग्रह, ‘खासखुस र घाँसघुस नहोस्’

एमाले अध्यक्ष केपी शर्मा ओलीले न्यायाधीशहरुलाई न्याय सम्पादनको क्रममा कुनै खासखुस र घासघुस नगर्न आग्रह गर्नुभएको छ । भोलि राजधानीमा आयोजना गर्न लागिएको विरोध प्रदर्शनको पूर्वसन्ध्यामा अध्यक्ष ओलीले उक्त कुरा बताउनुभएको हो ।

एमाले युवा संघको कार्यक्रमलाई सम्बोधन गर्ने क्रममा उहाँले विभिन्न विषयमा चर्चा गर्दै न्यायालयबारे पनि मुख खोल्नुभएको हो । उहाँको पालामा संवैधानिक निकायमा नियुुक्त ५२ भाइको मुद्दालक्षित ओलीले उक्त धारणा राख्नुभएको आकलन गरिएको छ ।

पूर्व अर्थमन्त्री जनार्दन शर्मामाथि संसदीय विशेष छानबिन समितिले गरेको अनुसन्धान र निश्कर्षमा पनि असन्तुष्टि जनाउनुभएको छ । ‘कमिटीमा आफ्ना पक्षका धेरै जना राखेर बहुमतको निर्णय मान्ने भनेपछि कसको के लाग्छ ? बरु संसदको बैठकबाट अनुमोदन गरेको भए हुन्थ्यो,’ उहाँको भनाइ थियो ।

उहाँले अगाडि भन्नुभयो, ‘कमिसन खाएर, व्यापारी र व्यवसायीका एजेन्टहरु राखेर बजेट बनाउने तर कल डिटेल हेरौंभन्दा हुँदैन भन्ने त्यस्तो आयोगको के काम ? गठबन्धनको बहुमत संख्या राखेर बनाएपछि उद्देश्य छर्लङ्ग भइहाल्यो नि १’

टिप्पणीहरू