कानूनमन्त्री र काङ्ग्रेस नेता कोइरालालाई सतायो कोरोनाले
कानून मन्त्री गोविन्द बन्दीको परिवारसहित नेपाली काँग्रेसका वरिष्ठ नेता शेखर कोइरालालाई पनि कोरोना भाइरस संक्रमण भएको छ । उहाँलाई हिजो बिहानको परीक्षणमा संक्रमण देखिएको हो ।
कोइरालाको स्वकीय सचिवालयका अनुसार हिजो बिहानदेखि सामान्य ज्वरो,खोकी र वाकवाकी लागेपछि परीक्षण गरिएको थियो ।
उहाँको उपचार टोखास्थित ग्राण्डी अस्पतालमा भइरहेको छ ।
टिप्पणीहरू