माओवादी पीडितहरु पनि माइतीघर पुगे

माओवादी पीडितहरु पनि माइतीघर पुगे

प्रतिनिधि सभामा दर्ता भएको ‘बेपत्ता पारिएका व्यक्तिको छानबिन, सत्य निरूपण तथा मेलमिलाप आयोग ऐन, २०७१ लाई संशोधन गर्न बनेको विधेयक’ को विरोध भएको छ । नेपाल माओवादी पीडित संघ, द्वन्द्व पीडित समुदाय र नागरिक समाजले विरोधमा धर्ना कार्यक्रम राखेका छन् ।

उनीहरूले आज राजधानीको माइतीघरमा साढे ९ देखि साढे १० बजेसम्म एक घण्टा धर्ना शुरु गरेका छन् ।

पीडितहरुको भनाइ छ, ‘सर्वोच्च अदालतको परमादेश र अन्तर्राष्ट्रिय प्रतिबद्धता विपरीतका आपत्तिजनक प्रावधान तत्काल संशोधन गरियोस् ।’

सरकारले गत उक्त प्रस्ताव गत असार ३१ गते संसदमा दर्ता गराएको थियो ।

टिप्पणीहरू