प्रधानमन्त्री देउवा खानेपानी हेर्न दिउँसो गुहेश्वरी

प्रधानमन्त्री देउवा खानेपानी हेर्न दिउँसो गुहेश्वरी

काठमाडौं महानगरपालिका वडा नम्बर ८ गुहेश्वरीस्थित फोहोर पानी प्रशोधन केन्द्रको आज उद्घाटन गर्न लागिएको छ ।

प्रधानमन्त्री शेरबहादुर देउवाको उपस्थितिमा प्रशोधन केन्द्रको उद्घाटन गर्न लागिएको हो ।

कार्यक्रम दिँउसो ३ बजेदेखि शुरु हुनेछ । घरबाट निस्केको ढल सीधै बागमती खोलामा मिसाइने भएकाले गुहेश्वरीमा फोहोर प्रशोधन केन्द्रको स्थापना गरिएको हो । यसले बागमती नदी केही हदसम्म सफा हुने अपेक्षा राखिएको छ ।

टिप्पणीहरू