प्रधानमन्त्री निवासमा फेरि प्रचण्ड प्रकट

प्रधानमन्त्री निवासमा फेरि प्रचण्ड प्रकट

प्रधानमन्त्री शेरबहादुर देउवा र नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डबीच केहीबेर अघि भेट भएको छ । उहाँहरुबीच मुश्किलले १५ मीनेट छलफल भएको उच्च स्रोतले पुष्टि गरेको छ ।

प्रधानमन्त्री भेट्न प्रचण्ड १० बजे बालुवाटार पुग्नुभएको थियो । विभिन्न कार्यक्रममा व्यस्त प्रधानमन्त्री र उहाँबीच मुश्किलले १५ मीनेट ‘छुस्स’ भेट भएको खुमल्टारका निजी सचिव रमेश मल्लले बताए ।

पछिल्लो समय गठबन्धनमा सामेल राजनीतिक दलका शीर्ष नेताहरु भन्दा प्रधानमन्त्री र प्रचण्डबीच एक्लाएक्लै भेटघाट बाक्लिएको छ । माओवादी अध्यक्ष प्रचण्ड भारत भ्रमणबाट फिर्ता भएपछि मात्रै उहाँहरुबीच चार पटक एक्लाएक्लै भेट भइसकेको छ ।

टिप्पणीहरू