राजधानीमा अर्का इच्छाराज, बचतकर्ताको ५ अर्ब डुब्यो

राजधानीमा अर्का इच्छाराज, बचतकर्ताको ५ अर्ब डुब्यो

इच्छाराज तामाङ अध्यक्ष र सल्लाहकार रहेको सिभिल सेभिङ एण्ड कोअपरेटिभका कारण १५ सय बढी बचतकर्ताको साढे आठ अर्ब बढी रकम डुबेको समाचारसँगै अर्को सहकारीका बचतकर्ताका रकम पनि डुबेको छ । काठमाडौंको कुलेश्वरस्थित गौतमश्री बहुउद्देश्यीय सहकारीका कारण बचतकर्ताको पाँच अर्ब बढी डुबेको आशंका गरिएको छ ।

सहकारीका सञ्चालक रामबहादुर गौतम बेपत्ता भएपछि पीडितहरु सहकारी विभागको ढोका ढकढकाउन पुगेका छन् । गौतम भागेपछि पीडित सञ्जय बानियाँ क्षेत्रीको नेतृत्वमा डेढ सय बढीले विभागमा जानकारी गराएका छन् ।

उनीहरुले सहकारीको सम्पत्ति जफत गरी पीडितको असुलउपर गराइदिन केहीबेर अघिबाट धर्ना दिएका हुन् । प्लेकार्ड र ब्यानर नबोकेपनी पीडितहरुले सहरमा अर्को इच्छाराज तामाङको जन्म भएको बताएका छन् ।

उक्त सहकारीले ऋण नतिरेपछि एभरेष्ट बैंकले सहकारीको भवन आफ्नो सम्पत्ति भएको सूचना टाँसेर धितो रोक्का गरेको छ ।

टिप्पणीहरू