अर्थमा आज साँझदेखि फेरि जनार्दन
माओवादी केन्द्रका नेता जनार्दन शर्मा ’प्रभाकर’ पुन अर्थमन्त्री हुने भएका छन् । शर्मालाई अर्थ मन्त्रालयमा पठाउन प्रधानमन्त्री शेरबहादुर देउवासमक्ष सिफारिस गरिएको र आज साँझ सपथ हुने माओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको सचिवालयले जनाएको छ ।
बजेट निर्माणका क्रममा अनियमितता गरेको भन्दै विपक्षी एमालेले चर्को विरोध गरेपछि राजीनामा दिएका शर्मा निर्दोष सावित भएसँगै उनैलाई अर्थमा फर्काउने निर्णय माओवादीले गरेको हो ।
बजेट भाषणको अघिल्लो रात जेठ १४ गते अनधिकृत व्यक्तिलाई अर्थ मन्त्रालयमा बोलाएर शर्माले राजस्वका दर हेरफेर गरेको र त्यसदिनको सिसिटिभी फुटेजसमेत मेटाएको आरोप लागेपछि उनीमाथि छानबिन गर्न संसदीय विशेष समिति बनेको थियो । समितिले शर्मामाथि लागेको आरोप पुष्टी हुन नसकेको निश्कर्ष निकालेको छ ।
टिप्पणीहरू