ग्लोबल बैंकको ‘विशेष हरितगृह कर्जा’
फ्लोरिकल्चर एसोसिएशन नेपालका सदस्यले ग्लोबल आइएमई बैंकबाट ‘विशेष हरितगृह कर्जा’ पाउने भएका छन् । बैंक र एसोसिएशनबीच यससम्बन्धमा समझदारी भएको हो ।
पुष्प खेती तथा आलङ्कारिक सौन्दर्यीकरण बाली उत्पादनमा हरितगृह प्रविधिको प्रयोग र सोका लागि सहज कर्जा प्रणालीको विकास सम्बन्धमा समझदारी भएको बैंकले जनाएको छ ।
समझदारी पत्रमा बैंकका इन्फ्रास्टक्चर तथा प्रोजेक्ट फाइनान्सिङ प्रमुख अशिम कर्माचार्य र फ्लोरिकल्चर एसोसिएशनका अध्यक्ष राजेशभक्त श्रेष्ठले हस्ताक्षर गरेका छन् । सम्झौताअनुरुप अब फ्लोरिकल्चर एसोसिएशनका सदस्यहरुले बैंकबाट हरितगृह कर्जा पाउने भएका छन् ।
यसबाट पुष्प व्यवसायी र कृषकहरुको उत्पादनमा वृद्धि, हरितगृह प्रविधिको प्रवर्द्धन, गुणस्तरीय पूर्वाधार विकास र सेवा अभिवृद्धिमा सहयोग पुग्ने बैंकको विश्वास छ ।
राष्ट्रिय तथा अन्तर्राष्ट्रिय संघसंस्थाबाट ख्यातिप्राप्त ग्लोबल आइएमई बैंक नेपालको ७७ वटै जिल्लामा शाखा सञ्जाल भएको निजी क्षेत्रको पहिलो वाणिज्य बैंक हो ।
बैंकले तीन सय ५२ शाखा, तीन सय ८४ एटीएम, एक सय ५० शाखारहित बैंकिङ्ग सेवा, ६८ एक्सटेन्सन तथा राजस्व संकलन काउन्टर र तीन वैदेशिक प्रतिनिधि कार्यालयसहित एक हजार बढी केन्द्रमार्फत सेवा प्रदान गर्दै आएको छ ।
बैंक अफ द इयर २०१४, बेष्ट इन्टरनेट बैंक २०१६, बेष्ट बैंक नेपाल २०२४ र २०२५, युरो मनी अवार्ड फर एक्सलेन्स २०२२, २०२४ र २०२५, बेष्ट बैंक ईएसजी नेपाल २०२४, बेष्ट इम्प्लोयरजस्ता प्रतिष्ठित अवार्डबाट सम्मानित भइसकेको छ ।
टिप्पणीहरू