जेसुकै भन्नुस्, पेट्रोलियम पदार्थको कारोबार निजी क्षेत्रलाई दिईंदैन: आपूर्तिमन्त्री

जेसुकै भन्नुस्, पेट्रोलियम पदार्थको कारोबार निजी क्षेत्रलाई दिईंदैन: आपूर्तिमन्त्री

उद्योग, वाणिज्य तथा आपूूर्तिमन्त्री दिलेन्द्रप्रसाद बडूले पेट्रोलियम पदार्थको कारोबार निजी क्षेत्रलाई दिने सरकारको कुनै मनसाय नभएको बताउनुभएको छ । पेट्रोलियम पदार्थको आपूर्ति निजी क्षेत्रको सहभागितामा भए पनि पूरै कारोबार निजी क्षेत्रलाई दिइने कुनै सम्भावना नभएकाले जे भने पनि सरकार यसमा पछि नहट्ने उहाँको भनाइ छ ।

नेपाल एलपी ग्यास उद्योग संघको २७औँ वार्षिक साधारण सभालाई सम्बोधन गर्ने क्रममा उहाँले पेट्रोलियम पदार्थको कारोबार निजी क्षेत्रलाई दिने भनेर गरिएको हल्ला मात्र भएको उल्लेख गर्नुभयो ।

इन्धनको कारोबार निजी क्षेत्रलाई दिने कुनै तयारी नभएकाले उक्त क्षेत्रको समस्याको दीर्घकालीन समाधान खोज्न आवश्यक रहेको उहाँको तर्क थियो ।

नेपाल आयल निगमका नायव कार्यकारी निर्देशक सुशील भट्टराईले केही समययता इन्धनको मूल्य घटे पनि कर समायोजनमा मूल्य घटाइएको तर कर नघटाइएकाले तत्काल मूल्य नघट्ने जानकारी दिनुभयो ।

टिप्पणीहरू