आज भेला हुने पालो एमालेका विभागीय प्रमुखहरुको
नेकपा एमाले केन्द्रीय विभागका प्रमुख, उपप्रमुख र सचिवहरुको बैठक शुरु भएको छ । च्यासलस्थित पार्टी मुख्यालयमा भर्खरै शुरु भएको बैठकमा विभिन्न विभागका प्रमुख, उपप्रमुख र सचिवहरुको सहभागिता छ ।
केन्द्रीय प्रचार विभाग उपप्रमुख विष्णु रिजालका अनुसार बैठकमा विभिन्न ३३ वटा विभागीय प्रमुख उपस्थित छन् ।
पार्टी अध्यक्ष केपी शर्मा ओलीको उपस्थितिमा आयोजित बैठकमा विभागीय कामको रिपोर्टिङ र विभागका वार्षिक कार्ययोजनाको प्रस्तुति भइरहेको रिजालले जानकारी दिए ।
टिप्पणीहरू