तीजपछि आमाहरुले ‘क्याट वाक’ गर्ने

तीजपछि आमाहरुले ‘क्याट वाक’ गर्ने

गत महिना मीस नेपाल प्रतियोगिता सम्पन्न भएको छ । लगत्तै विवाहित महिलाहरुको सहभागितामा मिसेज नेपाल प्रतियोगिता गर्न लागिएको छ । त्यसको लागि प्रथम मीस नेपाल रुवी राणालाई ब्राण्ड एम्बेस्डर बनाइएको छ ।

आयोजक संस्थाले विवाहित महिलाहरुको अनुभव,परिपक्वता, सिकाइ र विस्तारित रुपलाई समाजसामु ल्याउने उद्देश्य राखिएको बताएको छ । आयोजक युहान इन्टरनेशनल इभेन्ट्सले जुनसुकै उमेरका महिलाले पनि आवदेन गर्न सक्ने तर ती अविवाहित चाहिँ हुन नहुने भनेको छ ।

प्रतियोगितामा भर्खरका युवतीहरुले झैं विवाहित महिलाले पनि कम्मर मर्काएर क्याट वाक गर्ने बताइएको छ । विजेतालाई दुई लाख रुपैयाँ बराबरको उपहारका साथै विभिन्न अवसर दिइने छ । तर उपहार र अवसरबारे विस्तृत बताइएको छैन ।

टिप्पणीहरू