विमानस्थलबाट १० हजार अमेरिकी डलर बरामद

विमानस्थलबाट १० हजार अमेरिकी डलर बरामद

आज नेपालबाट बाहिर लैजान खोजिएको झण्डै १० हजार डलरसहित किर्गिस्तानकी नागरिक प्रहरी नियन्त्रणमा पुगेकी छन् । काठमाडौंबाट फ्लाई दुबईको उडानमा जान लागेकी नारिना डोक्तुर्वेकोभाको साथबाट नौ हजार पाँच सय डलर फेला परेको हो ।

स्रोत नखुलेको उक्त रकम बोकेर जान लागेकी र पासपोर्ट नम्बर २९६२८९९ नम्बरकी नारिनालाई विमानस्थलको ह्याण्ड ब्याग चेक जाँच एरियाबाट सुरक्षाकर्मीले नियन्त्रणमा लिएको बताइएको छ । उनलाई पक्राउपछि प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।

टिप्पणीहरू