पोखरामा एकाबिहानै पहिरो, एक जना बिते
पोखरामा आज बिहान गएको पहिरोमा एक जनाको निधन भएको छ । पहिरोमा परेका अर्का एक जना घाइते छन् । पोखरा महानगरपालिका–६, डिहिकोपाटन पँधेरोमा आज बिहान गएको पहिरोले घर पुर्दा २६ वर्षे सन्तोष सुनारको ज्यान गएको हो ।
पहिरोले लक्ष्मी खड्का क्षेत्रीको कच्ची घर पुरेको हो । सन्तोष उक्त घरमा भाडामा बस्दै आएका थिए । जिल्ला प्रहरी कार्यालय कास्कीका अनुसार सुनारलाई उद्धारपछि उपचारार्थ पश्चिमाञ्चल क्षेत्रीय अस्पतालमा लगिएकामा चिकित्सकले मृत घोषणा गरेका हुन् ।
सन्तोषकी दिदी २७ वर्षीया सुनिता सुनार घाइते छिन् । उनको गण्डकी मेडिकल कलेजमा उपचार भइरहेको छ । घाइते सुनिताकी छोरी १० वर्षीया सिम्रन सुनार सकुशल भेटिएकी हुन् ।
टिप्पणीहरू