बाबुराम निस्केपछि उपेन्द्रका नेताहरु खुसिबूमा

बाबुराम निस्केपछि उपेन्द्रका नेताहरु खुसिबूमा

पार्टीबाट डा. बाबुराम भट्टराई समूहको बहिर्गमनपछि संगठन विस्तारलाई तीब्ररुपमा अघि बढाएको जनता समाजवादी पार्टी (जसपा) ले प्रदेशस्तरीय कार्यकर्ता भेला गरेको छ ।

हिजो खुसिबुस्थित नेपाः ब्याङ्क्वेटमा उक्त पार्टीको बाग्मती प्रदेशस्तरीय अगुवा कार्यकर्ता भेला भएको हो । भेलामा संघीय परिषद् अध्यक्ष अशोक राई, सामान्य प्रशासनमन्त्री राजेन्द्रप्रसाद श्रेष्ठलगायत नेताहरु सहभागी थिए ।

पार्टीका नेता तथा भातृ संगठनका प्रमुखहरु बाबुरामतिर लागेपछि रिक्त हुन आएका पदमा जसपाले धमाधम नयाँ जिम्मेवारी तोकिरहेको छ ।

टिप्पणीहरू