झरीमा रुझ्दै एमाले नेता तथा कार्यकर्ताले चर्को नारा लगाए
एमालेको पूर्व निर्धारित विरोध कार्यक्रम साउने झरील बिथोलेको छ । आज महँगी, भ्रष्टाचार र नागरिकता विधेयकको विरोधमा राजधानीमा आयोजना गरिएको प्रदर्शनमा लगातारको झरीले असर पुुर्याएको हो ।
काठमाडौंको बसन्तपुरमा आयोजना गरिएको एकीकृत जुलुसअघि राजधानीका विभिन्न स्थानबाट छुट्टाछुट्टै जुलुस निकालिएको छ । पूर्वमन्त्री लालबाबु पण्डितको नेतृत्वमा भृकुटीमण्डपबाट ब्याण्ड बाजासहित जुलुस निकालिएको छ । उक्त जुलुुसमा प्रदेश नम्बर १ का नेता तथा कार्यकर्ता सहभागी भएका हुन् ।
त्यसैगरी कलंकीबाट १४ नम्बर वडा कमिटीले विरोध प्रदर्शनको नेतृत्व गरेको जुलुस कालिमाटीस्थित चोकबाट अघि बढेको थियो । उता भद्रकालीबाट रिटर्नी फेडरेसनको नेतृत्वमा जुलुस निकालिएको थियो ।
सुन्धाराबाट लोकतान्त्रिक आदिवासी जनजाति महासंघको नेतृत्वमा निकालिएको जुलुस खिचापोखरी, न्युरोड हुँदै बसन्तपुरमा पुगेको हो । शहीदगेटबाट नेपाल खेलकुद महासघको आयोजनामा जनप्रर्दशन गरिएको छ । उक्त र्यालीमा महासघं अध्यक्ष पशुराम बस्नेतले नेतृत्व गरेका थिए ।
राष्ट्रिय युवा संघ ललितपुरले लगनखेलबाट झण्डासहित निकालेको जुलुस थापाथाली, त्रिपुरेश्वर हुँदै बसन्तपुर पुगेको थियो । जुलुसमा चर्का नारा लगाइएको थियो । उनीहरुले गरिब जनतामारा सरकार चाहिँदैन, भ्रष्टाचारी सरकार चाहिँदैन, तार काटेछ मुसाले सिसिटिभि झयाप्पै व्यापारीले बजेट सच्याए करमा फरक ख्वाप्पै ।
निरन्तरको झरीसँग बसन्तपुरमा एमालेको एकीकृत विरोध कार्यक्रम सुरु भएको छ । आयोजक कमिटीका सदस्य तथा नेता कृष्णगोपाल श्रेष्ठ, सचिव योगेश भट्टराई, प्रमुख सचेतक विशाल भट्टराई सम्मिलित एकीकृत जुलुस त्यहाँबाट शहरका विभिन्न भाग घुमेर शान्तिबाटिकामा पुगेर समापन हुने बताइएको छ ।
टिप्पणीहरू