काभ्रेस्थलीमा माइती पक्षले शव उठाउन दिएनन्

काभ्रेस्थलीमा माइती पक्षले शव उठाउन दिएनन्

काठमाडौंको तारकेश्वर नगरपालिका–२, काभ्रेस्थलीमा भएको एकै परिवारका चार जनाको सामुहिक हत्याको घटनामा माइती पक्षले शव उठाउन दिएका छैनन् । उनीहरुले पारिवारिक झगडाको कारण दुःखद् घटना भएको दाबी गर्दै शव उठाउन नदिएका हुन् ।

प्रहरीका अनुसार मृतक सुनिताका माइती पक्ष र स्थानीयले नाराबाजी गरेका छन् । घटनास्थलमा प्रहरी परिचाल गरिएको छ । हत्या भएकी सुनिता बेलायत जाने तयारीमा थिइन् । उनलाई माइतीले नै बेलायत पठाउन लागेको थियो ।

ति दिनेशसँग घर झगडा बढ्दै गएपछि सुनिताले बेलायत जाने तयारी गरेको बताइन्छ । उनीहरूको पारिवारिक झगडाको विषय धेरै पटक प्रहरी वृत्त बालाजुसम्म पुगेको माइती पक्षले बताएको छ ।

घटनामा दिनेश पाण्डे, श्रीमती सुनिता, ११ वर्षका छोरा आशिक र छोरी आशिका मृत अवस्थामा भेटिएका हुन् । घटनामा सुसाइड नोट समेत भेटिएको प्रहरीले बताएको छ ।

टिप्पणीहरू