धनगढीबाट आउनासाथ माधव नेपाल सिमरा,बेलायती राजदूत पनि त्यतै

धनगढीबाट आउनासाथ माधव नेपाल सिमरा,बेलायती राजदूत पनि त्यतै

डोटीको सिलगढीमा आयोजित पार्टीका विभिन्न कार्यक्रममा सहभागी हुनुभएका नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल आज सिमरा पुग्नुभएको छ । उहाँ डोटीबाट धनगढी हुँदै हिजो राजधानी आउनुभएको थियो ।

डोटी जाँदा पूर्वमन्त्री प्रेम आले सँगै हुनुहुन्थ्यो । आज सिमरा जाँदा उहाँसँगै शहरी विकासमन्त्री मेटमणि चौधरी हुनुहुन्छ । अध्यक्ष नेपाल र मन्त्री चौधरी बिहान ७ बजे बुध्द एअरको उडानमा त्यता जानुभएको हो ।

आजै दिउँसो साढे २ बजे बेलायती राजदूत निकोला पोलिट र पूर्वमन्त्री करिमा बेगम पनि बुध्द एअरको उडानमा त्यता जानुभएको बताइन्छ ।

नेपाली काँग्रेसकी नेतृ तथा पूर्वमन्त्री सुजाता कोइराला आज दिउँसो नयाँ दिल्ली जानुभएको छ । उहाँ नेपाल वायुसेवा निगमको उडान नम्बर आरए २१७ बाट दिउँसो २ बजे त्यता प्रस्थान गर्नुभएको हो ।

टिप्पणीहरू