विभिन्न मागसहित शरणार्थीहरुको धर्ना शुरु
काठमाडौं महानगरपालिका ३ महाराजगञ्जस्थित युएनएचसीआरको कार्यालय अगाडि रोहिंग्या शरणार्थीहरु शान्तिपूर्ण धर्ना बसेका छन् ।
आफ्नो आधारभूत आवश्यकता पूरा गर्न माग गर्दै एक दर्जनको समूहले केही बेरअघिदेखि धर्ना शुरु गरेको हो ।
म्यानमार,श्रीलंका,पाकिस्तान, सोमालिया,बर्मा,नाइजेरिया,इराक, बङ्गलादेशलगायत मुलुकका शरणार्थीहरुले आफ्नो तीन बुँदे माग सम्बोधन गरिदिन आग्रह गरेका छन् ।
उनीहरुले यसअघि ११ बुँदे माग राखेका थिए । धर्नाको नेतृत्व म्यानमारका आरिफ फुल्लाले गरेका छन् ।
सन् १९५१ को जेनेभा महासन्धिअनुसार पुनर्वासको व्यवस्था गर्न उनीहरुले जोड दिएका छन् ।
त्यस्तै, रोहिंग्या शरणार्थीहरूलाई नेपाल सरकारअन्तर्गत दर्ता शरणार्थीको रूपमा स्वीकार गर्न, खाद्यान्नजस्ता आधारभूत आवश्यकताहरू सुनिश्चित गर्न र औषधि, सुरक्षित पानी, र श्रम स्वीकृति प्रदान गर्न पनि भनिएको छ ।

टिप्पणीहरू