जसपाकी सांसदले मागिन् आजीवन ‘पीएसओ’
आज बसेको प्रतिनिधि सभाको बैठकमा जनता समाजवादी पार्टी (जसपा) कि सांसद रेनुका गुरुङले व्यक्तिगत सुरक्षाको निम्ति अंगरक्षकको माग गरेकी छन् ।
उनले घरको गेटमा बम पड्किएको दाबी गर्दै सुरक्षाकर्मी मागेकी हुन् । सांसद गुरुङले ‘गेटमा बम पड्काएर दुई जना पुरुष मोटरसाइकलमा जाँदै गरेको’ आफूले देखेको बताइन् ।
त्यसबाट आफू असुरक्षित भएकाले आजीवन अंगरक्षकको व्यवस्था गरिदिन गृहमन्त्री र सरकारसँग माग गरेकी छन् । आफूले जिन्दगीभर देश र समाजको लागि सेवा गरेको तर आफूलाई मन नपराउने देशद्रोहीहरूले हिजो राति ८ बजेर २५ मिनेटमा घरको गेटभित्र बम पड्काएकोले आफू र आफ्नो परिवार असुरक्षित भएको उल्लेख गरेकी छन् ।
संसद् बैठकमा बोल्दै गुरुङले भनिन्, ‘म संघीय सांसद र कार्यपालिकाको सदस्यसमेत भइसकेकाले पूर्व राज्यमन्त्रीले पाउनुपर्ने अनिवार्य पीएसओको आजीवन व्यवस्थाका लागि गृहमन्त्री र नेपाल सरकारसँग माग गर्दछु ।’
टिप्पणीहरू