मनकामना केवलकार बन्द
गोरखामा संचालित मनकामना केवलकार केही समय बन्द हुने भएको छ । आज एक सूचनामार्फत मनकामना केवलकार प्रालिले आगामी साउन २३ गतेदेखि पाँच/छ हप्तासम्म सेवा बन्द हुने जानकारी दिएको हो ।
एनालग कनेक्ट प्रणालीलाई डिजिटल प्रणालीमा स्तरोन्नती गर्न सेवा बन्द गर्न लागिएको कम्पनीको सूचनामा उल्लेख छ । चितवनको कुरिनटारबाट गोरखाको मनकामना मन्दिरसम्म जान यात्रुहरुलाई थप सहज र भरपर्दो सेवा दिनका लागि स्तरोन्नति गर्न लागिएको कम्पनीको भनाइ छ ।
‘स्तरोन्नतिको लागि ५/६ हप्ता समय लाग्ने प्रारम्भिक प्रक्षेपण गरिएको छ । यसबाट आदरणिय यात्रु महानुभाव एवं श्रद्धालु भक्तजनहरूमा पर्न गएको असुविधा प्रति क्षमाप्रार्थी छौं । उक्त अवधिभर केबलकार बटम स्टेशनमा रहेको रेष्टुरेन्ट सेवा यथावत सञ्चालन हुने व्यहोरा समेत जानकारी गराउँदछौं,‘ कम्पनीद्वारा जारी सूचनामा लेखिएको छ ।
टिप्पणीहरू