भानिजको अपार्टमेण्टमा प्रचण्ड र माधव नेपालको भेट
नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालबीच आज बिहान भेटवार्ता भएको छ । उहाँहरु बिहान सबेरै हात्तिवनस्थित अपार्टमेण्टमा जुट्नुभएको हो ।
अध्यक्ष प्रचण्ड र नेपालबीच हात्तिवनस्थित सिटिस्केप अपार्टमेन्टमा प्रचण्डका भान्जा गोकुल भण्डारीको निवासमा कुराकानी भएको हो । उहाँहरुबीच बिहान ७ बजदेखि झण्डै ८ बजेसम्म भेटवार्ता भएको माओवादी स्रोतले पुष्टि गरेको छ ।
भेटमा माओवादी नेता नारायणकाजी श्रेष्ठ पनि हुनुहुन्थ्यो ।
टिप्पणीहरू