डुबानमा फसेका दुई हजारबढी परिवारको उद्धार
उदयपुरको बेलका नगरपालिका–८, डुम्रीबोटेको पश्चिम तटीय क्षेत्रको गाउँमा बाढी प्रभावित दुई हजार चार सय घर परिवारकोउद्धार गरिएको छ ।
बाढीमा फसेका बेलका नगरपालिका–३ र बराह क्षेत्र नगरपालिकाका ६ र ९ का दुई हजार चार सय घरधुरीलाई सशस्त्र प्रहरी, नेपाल प्रहरी, नेपाली सेना र स्थानीयवासीको सहयोगमा ५ वटा डुंगामा उद्धार गरिएको छ । सशस्त्र प्रहरी बल ५ नम्बर गणका गणपति सशस्त्र प्रहरी उपरीक्षक कृष्णराज अधिकारीका अनुसार कोशीको बाढी पस्न सक्ने भएकाले अस्ति नगरपालिकाले सबै वडामा माईकिङ गरि सुरक्षित स्थानमा जान स्थानीयलाई आग्रह गरेको थियो ।
अहिलेसम्म कुनै मानवीय क्षति नभएको नगर प्रमुख अशोक कार्कीले बताए । बाढीबाट झण्डै २५ हजार स्थानीय प्रभावित भएका छन् ।
सप्तकोशीको कटानपछि सुनसरीको बराह क्षेत्र नगरपालिका, उदयपुरको बेलका, सप्तरीको सप्तकोसी र कञ्चनरूप नगरपालिकाका केही बस्ती उच्च जोखिममा रहेका छन् ।
टिप्पणीहरू