ठेकेदार र तिनका कम्पनी धमाधम कालोसूचीमा
सार्वजनिक खरिद अनुगमन कार्यालयले नौ ठेकेदार कम्पनीलाई कालोसूचीमा राखेको छ । सम्झौताअनुसार काम सम्पन्न नगरेका नौ कम्पनीलाई कालोसूचीमा राखिएको बताइएको छ ।
उनीहरुले तोकिएको समयमा काम सम्पन्न नगरेको र बीचैमा छाडेको सार्वजनिक निकायबाट आएको सूचनाको आधारमा कालोसूचीमा राखिएको कार्यालयले जनाएको छ ।
अब ती कम्पनीले एक वर्षदेखि दुई वर्ष तीन महिनासम्म कुनै पनि सेवा र सुविधा लिन पाउने छैनन् ।
टिप्पणीहरू