सिडिओ कार्यालयको एक कल फोनले रोहिंगा शरणार्थी कपनमै रोकिए
जिल्ला प्रशासन कार्यालय, काठमाडौंको एक कल फोनका कारण रोहिंगा शरणार्थीहरु कपनमै रोकिएका छन् । नेपालमा रहेका रोहिंगा शरणार्थीहरू आफ्ना माग पूरा गराउन काठमाडौ जिल्ला प्रशासन कार्यालय जानै लाग्दा रोकिएको बताइन्छ ।
बिहान ११ बजेको समयमा सिडिओ कार्यालय, बबरमहल जान लाग्दा जिल्ला प्रशासन कार्यालयको तर्फबाट त्यहाँस्थित शरणार्थी क्याम्पमा फोन गरिएको थियो । फोनमा सिडिओ कार्यालयको तर्फबाट मागकै निम्ति बबरमहलसम्म आउने दुःख गर्न पर्दैन भनेकाले उनीहरुका रोकिएका हुन् ।
‘सिडिओ कार्यालयमा बैठक बसेपछि के निर्णय हुन्छ त्यसबारे जानकारी गराउँछौं भनेकाले हामीले क्याम्पबाट बाहिर नजाने निर्णय गरेका हौं,’ एक जना शरणार्थीले भने ।
टिप्पणीहरू