ग्लोबल आइएमई बैंकको छात्रवृत्ति
ग्लोबल आइएमई बैंकले संस्थागत सामाजिक उत्तरदायित्वअन्तर्गत ‘ग्लोबल आइएमई छात्रालाई छात्रवृत्ति’ कार्यक्रम शुरु गरेको छ । कार्यक्रममा बैंकले यो वर्ष विभिन्न सामुदायिक विद्यालयबाट कक्षा ६ उत्तीर्ण गरी कक्षा ७ मा भर्ना भएका विपन्नवर्गका ३५ जना जेहेन्दार छात्रालाई छात्रवृत्ति प्रदान गरेको छ ।
बैंकले कक्षा १२ सम्म अध्ययनको निम्ति हरेक वर्ष छात्रवृत्ति प्रदान गर्ने जनाइएको छ । समाज विकासमा शिक्षाको महत्वपूर्ण भूमिका रहेको र महिला शिक्षित भएमा समाजको चेतनास्तर अभिवृद्धि हुने भएकाले आर्थिक रुपमा सबल हुन समेत मद्दत पुग्ने विश्वासका साथ छात्रवृत्ति कार्यक्रम शुरु गरिएको बैंकले जनाएको छ ।
कार्यक्रमबाट आर्थिक समस्याका कारण बीचमै विद्यालय छाड्न बाध्य छात्राहरुलाई न्यूनतम विद्यालय शिक्षा पूरा गर्न सहयोग पुग्ने बैंकले विश्वास लिएको छ ।
टिप्पणीहरू