विमलेन्द्र निधि र भारतीय मन्त्रीबीच राति भेट
नेपाली काँग्रेसका नेता तथा पूर्व उपप्रधानमन्त्री विमलेन्द्र निधिले भारतीय मन्त्रीसँग नयाँ दिल्लीमा भेटवार्ता गरेका छन् । निधिले त्यहाँका सडक परिवहन मन्त्री नितिन गडकरीसँग भेटवार्ता गरेका हुन् ।
निधि गडकरीसँग भेट गर्न उनको निवास पुगेका हुन् । उनीहरुबीच हिजो राति लामै कुराकानी भएको नेपाली काँग्रेस स्रोतको दाबी छ ।
टिप्पणीहरू