लमजुङ्ग लान नेतैपिच्छे लफडा
कुन अड्डाको प्रमुखमा होला लमजुङ जान तँ छाड मछाड नगर्ने ? त्यसमा पनि प्रहरी प्रशासन र जिल्ला प्रशासन दायाँबायाँ गर्नेहरुका लागि रोज्जाको अड्डा । राम्रैसङ्ग काम गरेका प्रमुख जिल्ला अधिकारी होमप्रसाद लुइँटेल सरकार परिवर्तनपछि गृहमन्त्री बनेका बालकृष्ण खाँणलाई माओवादीले कान फुकेपछि ४/५ महिना नपुग्दै सिडिओबाट तानिए । तानिनेमा थिए डिएसपी कृष्णबहादुर कार्की पनि । लमजुङ्गका देउवानिकट कांग्रेसले गृहमन्त्री खाँणकोमा बाक्लै धर्ना दिएका थिए तर तत्काल आइजीपीले कार्कीजस्तो बफादार सायदै फेला पर्ला भनेपछि कार्की अहिलेसम्म थामिए ।
अहिले जिल्लामा डिएसपी ल्याउने विषयमा माओवादी र कांग्रेसबीच निकै रस्साकस्सी चलेको बुझिएको छ । गृहमन्त्रीलुम्बिनी प्रदेश ट्राफिक प्रहरी कार्यालय बुटवलमा कार्यरत र भाइ कुनै बेला जिल्ला प्रहरी कार्यालयमा ट्वाइसी भएर काम गरिसकेका इन्स्पेक्टर मोहन खाँणलाई पठाउन मन गरेका छन् । तर, नेपाली कांग्रेसका जिल्ला सभापति टकराज गुरुङसहित देउवा कांग्रेसले कुनै बेला इलाका प्रहरी कार्यालय भोटेओडारका इन्चार्ज भेषराज रिजाललाई ल्याउने पक्षमा लबिङ गरेको बुझिएको छ ।
लमजुङका संघीय सांसद तथा माओवादी केन्द्रका प्रमुख सचेतक देव गुरुङ भने प्रहरी तालिम केन्द्रका डिएसपी रवीन्द्र पौडेललाई पठाउनु पर्नेमा कस्सिएका छन् । उता कप्र शाखाका डिएसपी होम पराजुलीको पनि चर्चा नचलेको हैन । तर देव गुरुङ आफ्नो जिल्लामा आफूले भनेको व्यक्ति पर्नुपर्ने अडानमा छन् ।
-अञ्जनकुमार
टिप्पणीहरू