जापान उड्नुअघि प्रचण्डको सचिवालयले भन्यो ‘एक चीन नीतिको सँधै समर्थन’
नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको सचिवालयले एक चीन नीतिको पुनः समर्थन गरेको छ । गत मंगलबार अमेरिकी सभामुख नेन्सी पेलोसीको ताइवान भ्रमणपछि देखिएको चीन,अमेरिका र ताइवानबीचको तनावबाट उत्पन्न परिस्थितिको मूल्याङ्कन गर्दै दाहालको सचिवालयले उक्त धारणा सार्वजनिक गरेको हो ।
हिजो राति जापान जानुअघि अध्यक्ष दाहालको सचिवालयले एक चीन नीतिप्रति नेकपा माओवादी केन्द्र प्रष्ट रहेको र सँधै समर्थन गर्दै आएको धारणा सार्वजनिक गरेको थियो ।
चीनले आफ्नो अभिन्न भूभागको रुपमा दाबी गर्दै आएको ताइवानको अमेरिकी अधिकारीले विवादबीच गरेको औपचारिक भ्रमणपछि चीन र ताइवानको समुद्री क्षेत्रमा सैन्य तनाव बढेको छ । उक्त भ्रमणबाट चीनलाई अनावश्यक ढंगले चिढ्याएकाले प्रशान्त क्षेत्रको राजनीति र सैन्य परिस्थितिमा एकाएक नयाँ अवस्था सिर्जना भएको छ ।
टिप्पणीहरू