जापान जानुअघि प्रचण्डसँग भेट्न को को पुगे खुमलटार ?
नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड हिजो मध्यराति जापान जानुभएको छ । उहाँ आज दिउँसो त्यहाँ आयोजित कार्यक्रममा समेत सहभागी हुनुभएको छ ।
हिजो राति काठमाडौंबाट जापान प्रस्थान गर्नुअघि उहाँको निवास खुमलटारमा केही नेता र सञ्चारकर्मीले भेट गरेका थिए । बिहान ७ बजेको समयमा उहाँलाई भेट्न पत्रकार शुभशंकर कँडेल खुमलटार पुगेका थिए । अध्यक्ष प्रचण्डसँग कँडेलले करिब एक घण्टा लामो भेटवार्ता गरेलगत्तै माओवादी नेताहरु पनि त्यहाँ पुगेको बताइन्छ ।
दाहाल निवासमा हिजो बिहान ८ बजेको समयमा अर्थमन्त्री जनार्दन शर्मा र नेता गिरिराजमणि पोखरेल पुग्नुभएको थियो । अध्यक्ष दाहालले उहाँहरुसँग पनि एक घण्टा जति कुराकानी गर्नुभएको खुमलटार स्रोतले जानकारी दिएको छ ।
टिप्पणीहरू