नेविसंघले फेरि कालो झण्डा देखायो

नेविसंघले फेरि कालो झण्डा देखायो

सत्तारुढ नेपाली काँग्रेसको विद्यार्थी संगठन नेपाल विद्यार्थी संघले गभर्नर महाप्रसाद अधिकारीविरुध्द फेरि कालो झण्डा प्रदर्शन गरेको छ । पछिल्लो समय केही मत्थर भएको संघको आन्दोलन आज फेरि हुन लागेको हो ।

संघले आज बिहान बैंकको केन्द्रीय कार्यालयको गेट बाहिर कालो झण्डा प्रदर्शनको कार्यक्रम राखेको छ । बिहान साढे ८ बजे भनिएको कार्यक्रममा अबेरसम्म कुनै चालचुल थिएन ।

गभर्नर एम अधिकारीको नाममा एमालेको अर्थ तथा योजना विभागको सदस्य बनेको समाचार बाहिरिएपछि संघले विरोध गर्दै आएको छ । तर,गभर्नर र एमालेले एम अधिकारीवाला उक्त आरोप अस्वीकार गर्दै आएका छन् ।

यता,सेयर बजारका खेलाडीहरुको उक्साहटमा सत्तारुढ राजनीतिक दलका भ्रातृ संगठनहरुले गभर्नरविरुध्द आन्दोलन गर्दै आएको एमालेको आरोप छ ।

टिप्पणीहरू