मँहगी र भ्रष्टाचारको विरोधमा एमालेको अर्को प्रदर्शन
नेकपा एमालेले बढ्दो महङ्गी र भ्रष्टाचारको विरोधमा प्रदर्शन शुरु गरेको छ ।
काठमाडौं महानगरपालिका वडा नम्बर २५ कमिटीको आयोजनामा केही बेर अघिदेखि असनमा प्रदर्शन शुरु भएको हो ।
उक्त कमिटीका अध्यक्ष राजु श्रेष्ठको नेतृत्वमा भएको प्रदर्शनमा हस्ताक्षर अभियान पनि थालिएको छ ।
त्यसमा इन्चार्ज राजेशकुमार श्रेष्ठलगायत अन्य केहीले उपस्थिति जनाएका छन् ।
उनीहरुले माफियाको सरकार,अति बढ्यो महङ्गी र भ्रष्ट्राचार,सरकार जनताको होइन लगायतका नारा लगाएका छन् ।
टिप्पणीहरू