प्रधानन्यायाधीशविरुद्धको महाभियोग प्रस्ताव ४ नम्बरमा

प्रधानन्यायाधीशविरुद्धको महाभियोग प्रस्ताव ४ नम्बरमा

प्रमुख प्रतिपक्ष दलको आग्रहमा पाँच दिन पर धकेलिएको प्रतिनिधिसभाको बैठक आज बिहान ११ बजे बस्ने कार्यक्रम छ । बैठकमा निलम्बित प्रधानन्यायाधीश चोलेन्द्र समशेर राणाविरुद्ध संसदमा दर्ता भएको महाभियोग प्रस्तावमाथि छलफल अघि बढाइने कार्यसूची छ ।

संसद् सचिवालयले सार्वजनिक गरेको कार्यसूचीअनुसार आजको बैठकमा महाभियोग प्रस्ताव पेस हुनेछ । सत्ता गठबन्धन दलका ९८ जना सांसदले गत फागुन १ गते प्रधानन्यायाधीश जबरामाथि विभिन्न २१ वटा आरोपसहित संसद् सचिवालयमा महाभियोगको प्रस्ताव दर्ता गरेका थिए ।

उक्त प्रस्ताव दर्ता भएको पाँच महिना बितिसक्दा पनि संसद् बैठकमा पेस नभएकोमा प्रमुख प्रतिपक्षले सभामुख र सत्तारुढ दलहरूको आलोचना गर्दै आएको छ ।

महाभियोग दर्तापछि गत फागुन २२ गतेको प्रतिनिधि सभा बैठकले ‘महाभियोग सिफारिस समिति’ गठन गरेको थियो । समितिमा काँग्रेसबाट मीनबहादुर विक, रामबहादुर विष्ट, माओवादीबाट यशोदा सुवेदी र रेखा शर्मा छन् । त्यस्तै नेकपा एकीकृत समाजवादीबाट कल्याणी खड्का, जनता समाजवादी पार्टी (जसपा) बाट प्रमोद साह, लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) बाट एकवाल मियाँ रहेका छन् ।

नेकपा एमालेबाट विष्णु पौडेल, लालबाबु पण्डित, शिवमाया तुम्बाहाम्फे र कृष्णभक्त पोखरेललाई समितिमा राखिएको थियो ।

टिप्पणीहरू