कार्यालय खुल्नु अगावै शीतल निवास पसे सेनापति
प्रधान सेनापति प्रभुराम शर्माले आज बिहान राष्ट्रपति विद्यादेवी भण्डारीसँग भेटवार्ता गर्नुभएको छ । उहाँले बिहान साढे ९ बजेदेखि झण्डै डेढ घण्टा लामो कुराकानी गर्नुभएको बताइएको छ ।
प्रधान सेनापति राष्ट्रपति कार्यालय शीतल निवास महाराजगञ्जमा सवा ९ बजेको हाराहारीमा पुग्नुभएको थियो । उहाँ अमेरिकी सेनाको एसिया प्रशान्त क्षेत्रीय कमाण्डको आयोजनामा अष्ट्रेलियाको सिड्नीमा आयोजित एसियाली मुलुकका सेनाध्यक्षहरुको सम्मेलनमा भाग लिएर अस्ति राति स्वदेश फर्कनुभएको हो ।
राष्ट्रपति भण्डारी सेनाको परमाधिपतिसमेत रहनुभएकाले प्रधान सेनापति उक्त भ्रमणबारे जानकारी गराउन शीतल निवास जानुभएको बताइएको छ ।
टिप्पणीहरू