एकीकृत समाजवादीको युरोप संयोजकमा बेलायतका मोक्तान
नेकपा एकीकृत समाजवादीको प्रवास संगठन प्रवासी नेपाली एकता मञ्च युरोप तदर्थ समिति गठन भएको छ । युरोप क्षेत्रमा रहेका एकीकृत समाजवादीका प्रतिनिधिहरुको जुम बैठकले कमिटी गठन गरेको बताइन्छ ।
कमिटी संयोजकमा पुराना वामपन्थी नेता बेलायतका उमेशराज मोक्तान चयन भएका छन् । उनी एमालेको सम्पर्क मञ्च बेलायतको संस्थापक कोषाध्यक्ष हुन् भने लेबर पार्टी बेलायत, नेपाल कलाकार संघका पूर्व अध्यक्ष, एनआरएनए बेलायतको पूर्व सल्लाहकार, धरान समाज बेलायतको संस्थापक अध्यक्षलगायत युरोपका विभिन्न संघ संस्थाहरूमा समेत आवद्ध छन् ।
एकीकृत समाजवादी स्थायी कमिटी सदस्य तथा प्रवास समन्वय कमिटी संयोजक श्रीप्रसाद साहको प्रमुख आतिथ्य तथा युरोप इञ्चार्ज सुवास पोखरेलको अध्यक्षतामा कमिटी गठन भएको हो ।
कमिटीको सह संयोजकमा निराजन सुवेदी (पोर्चुगल), सचिव अर्जुन खतिवडा (बेलायत), सहसचिव मनोज भुसाल (फिनल्यान्ड) छन् । त्यसैगरी उपसचिवहरु गोमा माझी (साइप्रस), अकल लामा (जर्मनी), सुधीर अर्याल (पोर्चुगल)छानिएका छन् । बैठकबाट दीपेन्द्र गजुरेल (स्पेन) प्रमुख तथा बुद्धमान तामाङ (साइप्रस) र देवेन्द्र श्रेष्ठ रहेको प्रचार विभाग गठन गरिएको छ ।
त्यसैगरी कमिटीका सदस्यहरुमा सञ्जय मुडभरी (स्विजरल्याण्ड), डा. मनमूर्ति भुर्तेल (रुस), कृष्ण तिवारी (बेलायत), टंक कटुवाल (पोल्याण्ड), राजन काफ्ले (आयरल्यान्ड), कृष्ण देवकोटा (जर्मनी), प्रेम गौतम (स्वीडेन),पशुपतिप्रसाद भण्डारी (नर्वे), हरि तामाङ (क्रोएसिया), चिन्तन बुढामगर (साइप्रस), धनबहादुर बोहोरा (नेदरल्यान्ड्स), कृष्ण चौहान (फिनल्यान्ड) लगायत छन् ।
प्रमुख अतिथि साहले समाजवादी आन्दोलनको पंक्तिमा लामबद्ध भएको उल्लेख गर्दै नवनिर्वाचित कमिटीलाई शुभकामना तथा बधाई दिएका छन् । उनले पार्टी आगामी मंसिर ४ गते हुने संघ र प्रदेश निर्वाचनको तयारीमा होमिएकाले प्रवासमा रहेका समाजवादी आन्दोलनका अगुवाहरुको सल्लाह, सुझाव र सहयोगको पार्टीले अपेक्षा राखेको उल्लेख गरेका छन् ।
तदर्थ समितिले छ महिनाभित्र युरोपका सबै देशमा संगठन निर्माण गरेर अधिवेशन सम्पन्न गर्ने संयोजक मोक्तानले जानकारी दिए ।
टिप्पणीहरू