प्रधानन्यायाधीश विरुद्धको महाभियोग ‘पेण्डुलम’
आज बसेको प्रतिनिधि सभाको बैठकले प्रधानन्यायाधीश चोलेन्द्रसमशेर राणाविरुद्ध दर्ता भएको ‘महाभियोग’ लाई सिफारिस समितिमा पठाइदिएको छ । यसअघि उक्त समितिले उक्त प्रस्तावलाई संसदमा पठाएको थियो ।
आजको बैठकमा प्रस्तावमाथि केहीबेर छलफल भयो । छलफलपछि सभामुख अग्निप्रसाद सापकोटाले महाभियोगलाई पुनः सिफारिस समितिमा पठाउने निर्णय गरिएको बैठकमा सुनाउनुभएको थियो । सभामुखको उक्त प्रस्तावलाई संसद् बैठकको बहुमतले पारित गरेको हो ।
प्रधानन्यायाधीश राणाविरुद्ध गत फागुन १ गते सत्ता गठबन्धन दलका ९८ जना सांसदले विभिन्न २१ वटा आरोपसहित महाभियोगको प्रस्ताव दर्ता गराएका थिए ।
संसदले गत फागुन २२ गते ११ सदस्यीय महाभियोग सिफारिस समिति गठन गरेको थियो । उक्त समितिमा काँग्रेसबाट मीनबहादुर बोक,रामबहादुर बिष्ट, माओवादीबाट यशोदा सुवेदी र रेखा शर्मा छन् ।
त्यस्तै नेकपा एकीकृत समाजवादीबाट कल्याणी खड्का,जनता समाजवादी पार्टी (जसपा) बाट प्रमोद साह,लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) बाट एकवाल मियाँ छन् ।
एमालेबाट विष्णु पौडेल, लालबाबु पण्डित, शिवमाया तुम्बाहाम्फे र कृष्णभक्त पोखरेललाई राखिएको छ ।
टिप्पणीहरू