कांग्रेस नेता निधि भारतबाट नेपाल फर्किए
भारत भ्रमणमा रहेका नेपाली काँग्रेसका पूर्वउपसभापति विमलेन्द्र निधि स्वदेश फर्किएका छन् । उनी नेपाल एअरलाइन्सको आरए२०६ नम्बरको उडानबाट आज अपराह्न त्रिभुवन विमानस्थल उत्रिएका हुन् ।
केही समयदेखि भारतमा रहेका निधिले सत्तारुढ भाजपाका नेता, मन्त्रीसँगै अन्य बिभिन्न व्यक्तिहरुसँग पनि भेटवार्ता गरेका छन् । अस्ति राति एक जना मन्त्रीसँग भेटघाट गरेका उनले हिजो राम मन्दिर निर्माण समितिका अध्यक्षसँग लामै कुराकानी गरेका थिए ।
निधिले उत्तर प्रदेशस्थित अयोध्यामा निर्माणाधीन राम मन्दिर निर्माण समितिका अध्यक्ष नृपेन्द्र मिश्रसँग भेट गरेका थिए । नयाँ दिल्लीस्थित प्रधानमन्त्री संग्रहालयमा हिजो दिउँसो एक घण्टा भेटवार्ता भएको हो ।
निधिले अस्ति राति भारतीय सडक परिवहन मन्त्री नितिन गडकरीसँग पनि भेटवार्ता गरेका थिए । त्यस्तै भाजपाको कार्यालयमा पुगेर उनले भाजपाका विदेश विभाग प्रमुख बिजय चौथाइवालेसँग पनि भेटवार्ता गरेको बताइएको छ ।
टिप्पणीहरू