पर्यटनमन्त्री त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा

पर्यटनमन्त्री त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा

संस्कृति, पर्यटन तथा नागरिक उड्डययनमन्त्री जीवनराम श्रेष्ठले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको अनुगमन गर्नुभएको छ । मन्त्री श्रेष्ठले हिजो विमानस्थलको संरचना तथा सुधारका लागि भएका प्रयासका बारेमा जानकारी लिँदै यात्रुहरुलाई थप सहज हुने गरि व्यवस्थापन चुस्त र दुरुस्त राख्न निर्देशन दिनुभएको छ ।

उहाँले विमानस्थलको आगमन र प्रस्थान कक्षका साथै रनवेको पनि निरीक्षण गर्नुभएको थियो । पछिल्लो समय धावनमार्ग निर्माण, पार्किङ्गस्थल, प्रस्थान तथा आगमन हल निर्माणले सेवा प्रवाहमा सुधार भएको बताइन्छ ।

विमानस्थल अधिकारीहरुले कोरोना महामारीपछि विमानस्थल पुरानै लयमा फर्कन थालेको जानकारी गराएका थिए । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट हाल २७ वटा मुलुकमा सिधा उडान हुने गरेको छ ।

२६ विमान कम्पनीले अन्तर्राष्ट्रिय उडान भर्दै आएका छन् । आन्तरिकतर्फ ११ वटा कम्पनीले सेवा दिइरहेका छन् । अन्तर्राष्ट्रिय विमानस्थल चौबिसै घण्टा तथा आन्तरिक उडान दैनिक १८ घण्टा सञ्चालनमा रहेको छ ।

टिप्पणीहरू