सिंहदरबारका खरिदार र सुब्बाको आन्दोलनले कामकाज ठप्प

सिंहदरबारका खरिदार र सुब्बाको आन्दोलनले कामकाज ठप्प

सरकारले बजेट वक्तव्यमार्फत घोषणा गरेकोभन्दा फरक ढंगले तलब बढाउने निर्णय गरेपछि मुलुकको प्रशासनिक केन्द्र सिंहदरबारभित्रै कर्मचारीहरु आन्दोलित भएका छन् । सबै कर्मचारीको एकमुष्ठ १५ प्रतिशत तलब बढाउने निर्णय भए पनि अहिले फरक तलबमान कायम गरिएपछि उनीहरुले आन्दोलन गरेका हुन् ।

एउटै पद र मर्यादामा सरकारी सेवामा रहेका नेपाली सेना, नेपाल प्रहरी र निजामती कर्मचारीको तलब पुनरावलोकन गर्न सांसद विमल श्रीवास्तव सभापति रहेको संसदको श्रम समितिले साउन १५ गते निर्देशन दिएको थियो । तर बिहीबारको क्याबिनेट बैठकले शाखा अधिकृतको तलब २४ दशमलव २६ प्रतिशत, उपसचिवको तलबमा २३ दशमलव ३५, सहसचिवको २३ दशमलव ६३ र सचिवको १८ दशमलव ४१ प्रतिशतले बढाउने स्वीकृति दिएको बताइन्छ ।उपल्लो तहका कर्मचारीको तलबमानमा अत्यधिक वृद्धि गरिँदा तल्ला तहका खरिदार र नायवसुब्बाहरुको तलब भने १५ प्रतिशतमा सीमित गरिएकाले उनीहरु आक्रोशित भएका हुन । नयाँ तलबमान अनुसार नासु र अधिकृतबीचको तलबको अन्तर १२ हजार ४७८ परेको देखिन्छ ।

त्यसैको विरोधमा सिंहदरबारभित्रका तल्लो तहका कर्मचारी आन्दोलित भएका हुन । उनीहरु आज बिहानैदेखि पेन डाउन गरी आन्दोलनमा उत्रिएपछि मुलुकको प्रमुख प्रशासकीय केन्द्र सिंहदरबारको कामकाज ठप्पजस्तै भएको छ ।\

टिप्पणीहरू