‘बा’सँग ढकालको बालकोटमा बातचित
गत स्थानीय चुनावमा एमालेको सूर्य चिन्हभित्र समाहित भएको नेपाल परिवार दलका अध्यक्ष एकनाथ ढकालले एमाले अध्यक्ष केपी शर्मा ओलीसंग भेट गरेका छन् ।
हिजो साँझ बालकोट पुगेर ढकालले ओलीलाई भेटेका हुन् । स्थानीय चुनावमा जस्तै पाँच दलीय गठबन्धनविरुद्ध अर्को गठबन्धनको तयारीस्वरूप अध्यक्ष ओलीले छलफल अगाडि बढाई रहेको सन्दर्भमा ढकाल बालकोटको दैलोमा पुगेका हुन् ।
आगामी मङ्सिर चारको चुनावमा सत्ता गठबन्धनका दलहरुले तालमेल गरेर जाने निर्णय गरिसकेका छन् । एमाले भने भरपर्दो ‘पार्टनर’को खोजीमा रहेको नेताहरुको अभिव्यक्तिबाट बुझ्न सकिन्छ ।
यो पृष्ठभूमिमा स्थानीय तहमा सहकार्य गरिसकेका परिवार दल र एमालेका अध्यक्षद्वयको भेटवार्तालाई राजनीतिक वृत्तमा चासोका साथ हेरिएको छ ।
टिप्पणीहरू