खरिदार, सुब्बाको आन्दोलनपछि सरकार पछाडि हट्यो
सरकारले हालै गरेको असमान तलबमान फिर्ता लिन अर्थमन्त्री जनार्दन शर्मा राजी हुनुभएको छ । तल्ला तहका कर्मचारीहरुको तीव्र विरोध, आन्दोलन र कर्मचारी संगठनहरुको ध्यानाकर्षणपछि अर्थमन्त्री शर्मा पछाडि हट्नुभएको बताइन्छ ।
आज बिहान काँग्रेस, एमाले, माओवादी, नेकपा समाजवादी र मधेसवादी दल निकट कर्मचारी संगठनका नेतृत्वहरुसँगको छलफलपछि मन्त्री शर्माले नयाँ तलबमान फिर्ता गरिने आश्वासन दिनुभएको छ ।
मन्त्रीले उच्चस्तरीय तलब आयोग गठन गरी सोही आयोगको सिफारिसअनुसार नयाँ तलबमान लागु गर्ने प्रतिबद्धता कर्मचारी संगठनका नेताहरुसँग व्यक्त गर्नुभएको छ । उच्चस्तरीय तलब सिफारिस आयोगमा राष्ट्रियस्तरका सबै ट्रेड युनियनलाई प्रतिनिधित्व गराइनेसमेत मन्त्री शर्माले वचन दिनुभएको छ ।
टिप्पणीहरू