सार्वजनिक यातायातको भाडा अनुगमन गर्न र पहिरो हटाउन निर्देशन
संसदीय समितिले सार्वजनिक यातायातका यात्रुसँग आफूखुशी भाडा असुलेको विषयमा तत्काल संस्थागत संयन्त्र बनाई अनुगमन गर्न सरकारलाई निर्देशन दिएको छ ।
आज प्रतिनिधि सभाको विकास तथा प्रविधि समितिले नारायणगढ–मुग्लिन र मुग्लिन–पोखरा सडकको वर्तमान कार्यप्रगतिको विषयमा योजना प्रमुख र भौतिक यातायात मन्त्रीसँगको छलफलपछि समिति सभापति कल्याणीकुमारी खड्काले यस्तो निर्देशन दिनुभएको हो ।
बैठकमा सभापति खड्काले सार्वजनिक यातायातका सवारी साधनले यात्रुहरुसँग आफूखुशी भाडा लिने गरेको गुनासो आएको बताउनुभएको थियो । समितिले सडक सीमा अतिक्रमण गरेर बनाइएका घर टहरा तत्काल हटाउन पनि सरकारलाई निर्देशन दिएको छ । बाढी पहिरोका कारण बन्द रहेका सडकमा तत्काल पहिरो हटाउन पनि निर्देशन दिइएको छ ।
टिप्पणीहरू