भारतबाट फर्केलगत्तै विमलेन्द्र निधि लोसपाको पक्षमा
नेपाली काँग्रेसका नेता तथा पूर्व उपसभापति विमलेन्द्र निधिले भारत भ्रमणबाट फर्केलगत्तै लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) नेपाललाई गठबन्धनमा सामेल गराउनुपर्ने प्रस्ताव राख्नु भएको छ । आज बालुवाटारमा बसेको काँग्रेसका शीर्ष नेताहरूको बैठकमा उक्त प्रस्ताव राख्नु भएको हो ।
हिजो मात्रै लोसपा अध्यक्ष महन्थ ठाकुरसहितका नेताहरूले प्रधानमन्त्री शेरबहादुर देउवासँग बालुवाटारमा भेटवार्ता गरेका थिए । स्रोतका अनुसार लोसपा जतिसक्दो छिटो सत्तारुढ गठबन्धनमा सहभागी हुन आतुर देखिन्छ ।
प्रधानमन्त्री देउवा पनि लोसपालाई गठबन्धनमा ल्याउने पक्षमा देखिनुभएको छ । लोसपा र त्यसका अधिकांश नेता नागरिक विधेयक संसदबाट पारित भएपछि सरकारप्रति सकारात्मक देखिएका हुन् ।
यद्यपि यसबारे माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड जापानबाट फर्केपछि छलफल हुने बताइएको छ ।
टिप्पणीहरू