काँग्रेसले पनि जनप्रतिनिधिलाई तालिम दिने
सत्तारुढ नेपाली काँग्रेसले स्थानीय तहका प्रमुख र उपप्रमुखलाई अभिमुखीकरण तालिम दिने भएको छ । आज बसेको काँग्रेस शीर्ष नेताहरुको बैठकले पार्टीका तर्फबाट निर्वाचित पालिकाका प्रमुख/उपप्रमुखहरुलाई साउन ३० र ३१ गते काठमाडौँ बोलाइ प्रशिक्षण दिने निर्णय गरेको हो ।
आजको बैठकमा गठबन्धन दलहरूबीच सीट बाँडफाँड र आगामी निर्वाचनको रणनीतिबारे पनि छलफल भएको कांग्रेसले जनाएको छ । पदाधिकारी, पूर्वपदाधिकारी, वरिष्ठ नेताहरू सम्मिलित बैठकमा अधिकांश नेताहरूले गठबन्धनमा सीट भागबण्डा मिलाउँदा कांग्रेस एक्लैको सुविधाजनक बहुमत आउने गरी हिस्सा लिनुपर्नेमा जोड दिएका थिए ।
बैठकले आगामी प्रदेश र प्रतिनिधिसभा निर्वाचनका लागि २२ दिने चुनावी अभियान थाल्ने निर्णय पनि गरेको छ । जसअनुसार भदौ २ देखि २४ गतेसम्म केन्द्रीय सदस्यलाई ७७ वटै जिल्लामा खटाएर कांग्रेसले स्थानीय चुनावपछिको अवस्थाबारे रिपोर्ट लिनेछ ।
टिप्पणीहरू