अमेरिकी कार्यवाहक राजदूत ओली निवासमा सवा घण्टा

अमेरिकी कार्यवाहक राजदूत ओली निवासमा सवा घण्टा

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीसँग काठमाडौंस्थित अमेरिकी राजदूतावासका डेपुटी चिफ अफ मिशन तथा कार्यवाहक राजदूतले भेटघाट गरेका छन् । कार्यवाहक राजदूत म्यानुअल पि.मिक्लर अध्यक्ष ओलीलाई भेट्न अस्ति बिहान साढे ११ बजे पुग्नुभएको बताइन्छ ।

अध्यक्ष ओली र मिक्लरको मात्रै उपस्थितिमा भएको छलफल करिब सवा घण्टा चलेको थियो । एमसीसी पारित भएको,एसपीपी फिर्ता भएको र इण्डो प्यासिफिकसँग सम्बन्धको विषय पेचिलो बन्दै गएको अवस्थामा उहाँहरुबीच भएको भेटलाई अर्थपूर्ण मानिएको छ ।

त्यसलगत्तै बालुवाटारमा प्रधानमन्त्री शेरबहादुर देउवासँग दुई जना मन्त्रीले संयुक्त भेटवार्ता गर्नुभएको छ । गृहमन्त्री बालकृष्ण खाँण र खानेपानीमन्त्री उमाकान्त चौधरीले बिहान ९ बजेदेखि १० बजेसम्म भेटवार्ता गर्नुभएको हो ।

टिप्पणीहरू